आजको मौसम : आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाका सम्भावना

आज देशका केही स्थानको मौसम आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेकाले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

अज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ७:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया