च्याम्पियन लिग : उत्कृष्ट पुरनरागमन जितसहित युनाइटेड शीर्ष स्थानमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा इटालियन क्लब एटलान्टालाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै २–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ३–२ को  रोमान्चक जित दर्ता गरेको हो । 

खेलको १५ औं मिनेटमा मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले डेविड जापाकोस्टाको पासलाई सदुपयोग गर्दै गरे । 

२९औं मिनेटमा मेरिह डेमिरलले तेउन कोपमिनार्सको कर्नरमा हेडमार्फत गोल गरेपछि युनाइटेड २–०ले पछि परेको थियो ।

५३ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत देखाए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । 

७५औं मिनेटमा ह्यारी म्यागुइरले युनाइटेडलाई २–२ को बरारीमा ल्याए । उनले एडिसन काभानीको पासमा गोल गरेका थिए ।



८१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडर गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । 
रोनाल्डोले लुक शाको क्रसलाई ६ यार्ड बक्स नजिकबाट पोस्टको दिशा दिएका थिए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले महत्वपूर्ण जित दर्ता गर्यो ।

यो जितसँगै युनाइटेड ३ खेलमा ६ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको एटलान्टा र तेस्रो स्थानको भिल्लारियलको ४–४ अंक हुँदा पुछारको योङ्ग ब्वाइजको ३ अंक छ । 



यही समूहको अर्को खेलमा भिल्लारियलले योङ्ग ब्वाइजमाथि ४–१ को सहज जित दर्ता गर्यो । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ८:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया