प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले प्रभावित क्षेत्रको अवलोकनका लागि सुदूरपश्चिमको भ्रमणमा पुगेका छन् । उनी आज विहानको उडानबाट सुर्खेत पुगेका हुन् ।
सेनाको हेलिकोप्टरबाट सुर्खेत पुगेका प्रधानमन्त्री देउवा दिपायलसम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
उनी बैतडीमा पनि पुग्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, डडेल्धुरा सदरमुकाम पुगेर प्रधानमन्त्री देउवाले कन्चनपुरको महेन्द्रनगरमा पनि अवलोकन गर्ने भएका छन् । दोधारा चाँदनी र कैलालीमा पनि प्रधानमन्त्री देउवा पुग्दै छन् ।
उनी बाढीप्रभावित क्षेत्रको अवलोकन गरेर शुक्रबार काठमाडौं फर्किँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।