स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले १८ वर्षीय स्पेनिस फरवार्डले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको हो ।
सम्झौता नवीकरणसँगै फाती सन् २०२७ सम्म बार्सिलोनामा रहने छन् । क्लबले उनको रिलिज क्लज १ बिलियन युरो राखेको छ ।
१० वर्षको उमेरबाट बार्सिलोनामा रहेका फातीले सन् २०१९ मा सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।
हाल १० नम्बरको जर्सी लगाएर खेलिरहेका फातीले बार्सिलोनाका लागि ४७ खेलमा १५ गोल गरेका छन् ।
बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने उनी दोस्रो युवा खेलाडी हुन् । यसअघि पेड्रीले सम्झौता नवीकरण गरेका थिए । फातीले स्पेनको सिनियर टोलीका लागि ४ खेल खेलिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।