बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ दिइने

प्रदेश-१ सरकारले बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

प्रदेश विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख रुपैयाँ राहत स्वरूप दिने निर्णय गरेको हो । 

बैठकले पूर्ण रूपमा बाढी पहिरोले घरमा क्षति पु‍र्‍याएकाे परिवारलाई घर बनाउन भूकम्पमा क्षति भएसरह ३ लाख रुपैयाँ राहत दिने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले विराटनगरको हवाइसेवा सुचारु गर्न, विद्युत प्राधिकरणको दुहबी ग्रिडमा समस्या तत्काल समाधान गर्न, बाढी पहिरोमा फसेकालाई उद्धार तथा सहयोग गर्न र प्रदेशभरि भएको क्षतिको विवरण संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

आचार्यले स्थानीय तहहरूसँगको समन्वयमा सरकारका सबै संयन्त्र परिचालित हुनेगरी सबै बाधा अवरोध हटाउन समेत निर्देशन गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १३:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया