राष्ट्रिय महिला लिग छनोट : कन्काई नगरपालिकाको फराकिलो जित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाले  विजयी सुरुवात गरेको छ ।

कन्काइले एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको दोस्रो खेलमा गोदावरी नगरपालिकामाथि १२-० को फराकिलो जित दर्ता गरेको हो ।
 
कन्काईको एकतर्फी जितमा कुशुम खतिवडाले दोहोरो ह्याट्रिक पूरा गर्दा लक्ष्मी श्रेष्ठले ४, मनिता तुम्रुक र हिमा राइले एक-एक गोल गरे ।
  
कुशुमले १९,६०,७२,८०,८६औं मिनेट र दोस्रो हाफको थप गरिएको समयमा गोल गर्दै आफ्नो दोहोरो ह्याट्रिक पूरा गरिन् ।

लक्ष्मीले १६,२५,पहिलो हाफको थप गरिएको समय र ४८औं मिनेटमा गोल गर्दा मनिताले ५७ तथा हिमाले ६३औं मिनेटमा गोल गरे । 

छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १४:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया