बझाङ थलाराको हवाइ निरीक्षण गरी फर्किए प्रधानमन्त्री देउवा
तस्वीर : नरेन्द्र उपाध्याय

सुदूरपश्चिम प्रदेशका विभिन्न बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । 

सदरमुकाम चैनपुरमा प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सरोकारवाला निकायहरूसँग छलफल गरेर फर्किएका छन् । भेटका क्रममा प्रधानमन्त्रीले घटनाको दुख व्यक्त गर्दै सरकारको तर्फबाट पीडित परिवारलाई पूर्ण रूपमा सहयोग रहने बताएको बझाङका पत्रकार जगदिश रोकायाले जानकारी दिए ।

बझाङबाट प्रधानमन्त्री देउवा बेतडी र डडेल्धुरा लागेका छन् ।

यसै क्रममा उनले थलाराको हवाइ निरीक्षण पनि गरेका छन् । जिल्लाको अति प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन नसकेपछि सदरमुकामस्थित सेनाको व्यारेकमा हेलिकप्टर अवतरण भएको हो ।

यसअघि देउवाले डोटीका जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहीबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।

वर्षासँगै बाढी पहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै २४ जना बेपत्ता छन् भने १६ जना घाइते भएका छन् ।



प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीद्वय एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी छन् ।



  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १४:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया