आइपिएलको फ्रेन्चाइज किन्न ग्लेजर फ्यामिलीकाे चासो

इन्डियन प्रिमियर लिग (आइपिएल)मा नयाँ दुई टोली थपिने भएपछि धेरैले यसको हिस्सा बन्न चासो देखाएका छन् । 

भारतको लोकप्रिय खेल क्रिकेटमा लगानी गर्नका लागि थुप्रै स्वदेशी र विदेशी कम्पनी उत्साहित छन् । आइपिएलको नयाँ दुई टिमको फ्रेन्चाइजी लिनका लागि अहिलेसम्म १२ कम्पनीले चासो देखाएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ ।

तिनै १२ कम्पनीमध्ये एक हाे- ग्लेजर फ्यामिली । जसको स्वामित्वमा विश्वकै चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेड छ । 

आइपिएलले पनि म्यानचेस्टरका मालिकले आफ्नो फ्रेन्चाइज किन्नका लागि रुचि देखाएको पुष्टि गरेको छ ।

ग्लेजर फ्यामिलीले आइपिएलको हिस्सा बन्नका लागि चासो देखाएपछि बिसिसिआईले टेण्डर प्रक्रियाको समय बढाएको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । किनकि आइपिएल अब भारतमा मात्र सीमित नभएर विश्वव्यापी बनिसकेको छ । 

आइपिएलको नयाँ फ्रेन्चाइज टिमका लागि अहिलेसम्म ग्लेजर फ्यामिलीसहित आइटिडब्ल्यू, ग्रुप एम, आरपिएसजी ग्रुप, टोरेन्ट फर्मास्युटिकल्स,अरविन्दो फर्मा, अदानी ग्रुप, हिन्दुस्तान टाइम्स मिडिया, जिन्दल स्टिल, सिभिसी भेन्चर क्यापिटल, कोटक ग्रुप र रोन्नी स्क्रुवालाले चासो देखाएका छन् । 



‘आइपिएलका लागि ३१ अगस्टसम्म धरौटी फिर्ता नहुने टेण्डर आह्वान गरिएको थियो’, बिसिसिआईका सचिव जय शाहले भने,‘तर इच्छुक कम्पनीहरूको अनुरोधमा टेण्डर आह्वान गर्ने समय २० अक्टोबरसम्म बढाउने निर्णय गरेको हो ।’ 

टेन्डर आह्वान गर्न इच्छुक कम्पनीहरूले भारतीय १० लाख रुपैयाँ शुल्क तिर्नु पर्नेछ । जुन फिर्ता हुने छैन । टेण्डरमा समावेश अन्य सर्तहरू पनि लागु हुनेछ । 



  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १५:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया