न्यादी हाइड्राेपावरकाे आइपिओ बाँडफाँट

न्यादी हाइड्रोपावरले आइपिओ बाँडफाँट गरेको छ । शुक्रबार बिहान  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । 

कम्पनीले २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

न्यादीमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । 

मागभन्दा बढी आवेदन परेपछि कम्पनीले न्यूनतम १० कित्ताको दरले आइपिओ बाँडफाँट गरेको हाे । जसमा २ लाख ९ हजार २५० आवेदकले गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाएका छन् भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

आइपिओको नतिजा न्यादी हाइड्रोको वेबसाइट https://nhl.com.np/ बाट हेर्न सकिन्छ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १०:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया