नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक शुरु भएको छ । विश्वासको मत लिने प्रक्रिया अगाडि बढेपछि एमालेको संसदीय दलको बैठक शुरु भएको हो ।
बैठकले विश्वासको मत लिने की राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्ने बिषयमा टुंगो लगाउने निर्णय गर्ने छ ।
एमालेका १० प्रदेश सभा सदस्य समाजवादीमा गएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
अल्पमतमा परेपछि बहुमत पुर्याउन कसरत गरेपनि बहुमत पुर्याउने सम्भावना टरेर गएको बैठकमा सहभागि एक प्रदेश सभा सदस्यले बताए ।
बहुमत पुर्याउने अवस्था नभएपछि मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिने सम्भावना बलियो भएको ती सांसदले बताए ।
मुख्यमन्त्री भिम आचार्यले असोज २५ गते विश्वासको मत लिने प्रस्ताव असोज २५ गते दर्ता गराएका थिए ।
दशैँका कारण सदन स्थगित भएका कारण आज १ बजे प्रदेश सभा बैठक शुरु हुँदैछ । सदन शुरु भएसँगै विश्वासको मत लिने प्रस्ताव प्रक्रियामा जाने प्रदेश सभा सचिवालयले जनाएको छ ।
९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा एमालेसँग सभामुख सहित ४१ जना प्रदेश सभा सदस्य छन् । एक जना प्रदेश सभा सदस्य सरकारी कागजात किर्ते मुद्दामा फरार छन् ।
बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने प्रदेश एकमा विपक्षी गठबन्धन नतोडिएका कारण एमाले अल्पमतमा परेको छ ।
मुख्यमन्त्री भिम आचार्यले केहि दिन अघि फरकधारसँग कुरा गर्दै राजीनामा दिने बिषयमा त्यही बेला निर्णय गर्ने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।