कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो । 

अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन र कृषकहरुलाई क्षतिपुर्ति दिने व्यवस्था भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन् । 

विपद व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । 

विपदमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन् । 

त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पुर्णरुपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने गर्ने प्रवक्ता नेपालीले बताइन् ।

विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिइन् । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ११:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया