\
प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले कार्तिक ११ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले पक्ष र विपक्षमा मतदान गरेर जाने बताएपछि कात्तिक ११ गतेलाई विश्वासको मत लिने निर्णय भएको हो ।
नेकपा एमालेको कात्तिक ६ गते र ९ गते वडा र गाउँको अधिवेशन भएकाले ११ गतेका लागि विश्वासको मत लिने निर्णय भएको प्रमुख प्रदेशसभा सदस्य लिलम बस्नेतले बताए ।
यसअघि मुख्यमन्त्री भीम आचार्यले भने विश्वासको मत लिने कि राजीनामा दिने भनेर छलफल गर्न संसदीय दलको बैठक डाकेका थिए ।
बैठकमा सहभागी अधिकांश सांसदहरूले सम्भावना अझै कायम रहेकाले विश्वासको मतका लागि पक्ष र विपक्षमा मतदान नै गरेर जानु पर्ने धारणा राखेका थिए ।
सांसदहरूको मतपछि विश्वासको मत लिने निर्णयमा संसदीय दलका नेता तथा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने निर्णय गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।