रुसको सहयोगमा हाइपरसोनिक मिसाइल बनाइरहेको छ भारतः अमेरिकी रिपोर्ट

एक अमेरिकी रिपोर्टमा भारतले रुसको सहयोगमा हाइपरसोनिक हतियार बनाउने प्रविधिको विकास गरिरहेको दाबी गरिएको छ । 

अमेरिकी स्वतन्त्र कंग्रेसियल रिसर्च सर्भिस (सीआरएस)ले आफ्नो नयाँ रिपोर्टमा अमेरिका, रुस र चीनसँग सबैभन्दा आधुनिक हाइपरसोनिक हतियार रहेको र भारत, अष्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानले पनि हाइपरसोनिक हतियारको प्रविधि विकास गरिरहेको जनाइएको छ । 

सीएसआरका अनुसार अष्ट्रेलियाले हाइपरसोनिक हतियार बनाउन अमेरिकाको सहयोग लिइरहेको छ भने भारतलाई रुसको सहयोग प्राप्त भएको छ । 

भारतले सात वटा हाइपरसोनिक क्रुज मिसाइल विकास गर्न रुससँग सहमति गरेको समेत रिपोर्टमा उल्लेख छ । 

हालै मात्र एक बेलायती अखबारले गत अगष्टमा  चीनले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको दाबी गरेको थियो । चीनले यो दाबीको खण्डन गर्दै हाइपरसोनिक मिसाइलको परीक्षण नगरिएको बताएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १३:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया