बंगलादेशमा दुर्गापूजास्थलमा कुरा राख्ने संदिग्ध इकवाल हुसेन पक्राउ

बंगलादेशमा दुर्गापूजाका क्रममा केही स्थानमा साम्प्रदायिक हिंसाका मुख्य संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमिल्लाका प्रहरी अधिकारी फारुक अहमदले संदिग्ध व्यक्ति इकबाल हुसैनलाई कक्स बजारको सुगन्धाबाट पक्राउ गरिएको बताए ।

बिहीबार पक्राउ परेका उनलाई कुमिल्लामा प्रहरी हिरासतमा राखिएको छ । 

उनले नै कुमिल्लामा दुर्गापुजास्थलमा कुरान राखेको बताइएको छ । कुरान राखेको सामाजिक सञ्जालमा खबर फैलिएपछि हिन्दूका घर तथा पूजास्थलमा हमला हुँदा ७ जनाको मृत्यु भएको थियो । 

प्रहरीले सिसिटिभीमार्फत अभियुक्तको पहिचान भएको बताएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १६:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया