चीनको क्षमतालाई कसैले कम नआकौं- वांग वेनबिन

चीनकाे विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानमा प्रतिक्रिया दिँदै कसैले पनि चीनको क्षमतालाई कम नआँक्न बताएका छन् ।

यसभन्दा पहिले अमेरिकी राष्ट्रपति बाइडेनले एक बयानमा चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानलाई साथ दिने जनाएका थिए ।

बाइडेनकाे याे बयान अमेरिकी नीतिकाे विपरीत रहेकाे छ ।

अमेरिकामा एब कार्यक्रमका दौरान राष्ट्रपति बाइडेनले भनेका थिए, ‘हामी ताइवानको रक्षाका लागि प्रतिबद्ध छौं ।’

ह्वाइट हाउसका एक प्रवक्ताले पछि बाइडेनकाे टिप्पणी नीतिमा बदलावकाे संकेत नभएकाे बताएका थिए ।

उता बाइडेनको बयानमा प्रतिक्रिया दिँदै ताइवानले यसले चीनसँगको सम्बन्धलाई कुनै असर नपर्ने बताएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ७:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया