टि-२० विश्वकप : वेस्ट इन्डिजलाई लयको चिन्ता

आइसिसी टि-२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा शनिबार साबिक विजेता वेस्ट इन्डिजले साबिकको उपविजेता इंग्ल्यान्डको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पानै ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको वेस्ट इन्डिजका लागि इंग्ल्यान्डविरुद्ध मैदान उत्रिँदा सबैभन्दा मुख्य चिन्ताको विषय पछिल्लो समय गुमाएको लय नै हुनेछ ।

वेस्ट इन्डिजसँग विश्व टि-२० मा नाम चलेका खेलाडी छन् तर पछिल्लो समय उनीहरूको प्रदर्शन सम्झन लायक छैन ।
 
विश्वकप अघिका दुवै अभ्यास खेलमा वेस्ट इन्डिजले पराजय बेहोरेको थियो । उ पाकिस्तानविरुद्ध ७ विकेट र अफगानिस्तानविरुद्ध ५६ रनले पारजित भएको हाे ।

क्रिस गेल,काइरोन पोलार्ड, सिम्रन हेटमायर जस्ता खेलाडीको साथ पाएको वेस्ट इन्डिजले दुवै खेलमा १५० रन पनि कटाउन सकेन । उसले पाकिस्तान विरुद्ध १३० अफगानिस्तानविरुद्ध १३३ रन बनाएको थियो ।

वेस्ट इन्डिज आजको खेलमा इंंग्ल्यान्डलाई पराजित गर्दै आफ्नो पुरानो लय फर्काउन चाहन्छ तर पछिल्ले समय उत्कृष्ट प्रदर्शन गरिरहेको टोलीविरुद्ध त्यति सहज भने हुने छैन । 



वेस्ट इन्डिज भर्सेस इंंग्ल्यान्ड ‘हेड टु हेड’

हालसम्म यी दुईले १९ टि-२० अन्तर्राट्रिय खेलमा एक अर्काको सामना गर्दा वेस्ट इन्डिजले ११ र इंंग्ल्यान्डले ७ खेल आफ्नो पक्षमा पारेका छन् । 



यी दुईले टि-२० मा पहिलोपटक सन् २००७ मा एक अर्काको सामना गरेको थिए । यो खेलमा वेस्ट इन्डिज १५ रनले विजयी भएको थियो ।

सन् २०१९ मा भएको पछिल्लो भेटमा भने इंंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । 
टि-२० विश्वकप भने यी दुईले हालसम्म ५ खेल खेल्दा वेस्ट इन्डिज ३ र इंंग्ल्यान्ड २ खेलमा विजयी भएका छन् ।

अघिल्लो संस्करणका दुवै भेटमा वेस्ट इन्डिज विजयी भएको थियो । उसले समूह चरणमा ६ र फाइनलमा ४ विकेटको जित दर्ता गरेको थियो । 

वेस्ट इन्डिज आजको खेलमा पनि इंंग्ल्यान्डविरुद्धको यो लयलाई कायम राख्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने सोचमा हुनेछ ।

इंंग्ल्यान्ड पनि वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउँदै इतिहासलाई भुलेर जित दर्ता गर्न चाहन्छ । 
 

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १२:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया