बलिउड अभिनेत्री तथा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई शुक्रबार दोस्रो पटक भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछ गरेको छ ।
चार घन्टा लामो यो सोधपुछमा उनीसँग ड्रग्स सेवन, यसको कारोबार र ड्रग्सको विषयमा उनको र आर्यनको सम्बन्धबारे सोधपुछ गरिएको हो ।
एनसिबीका एक अधिकारीले भारतीय मिडियालाई दिएको जानकारीअनुसार शुक्रबारको सोधपुछमा उनीसँग वित्तिय लेनदेनको विषयमा पनि कुराकानी भएको थियो ।
अनि उनी र आर्यनको ह्वाट्सयापमा भएको च्याटबारे पनि अधिकारीहरुले उनलाई सोधेका छन् ।
क्रुजमा ड्रग्स पार्टी दिइरहेको समयमा समातिएका साहरुख खानका छोरा अहिले पनि न्यायिक हिरासतमा रहेका छन् । अब अनन्यासँग सोमबार फेरि यो विषयमा अधिकारीले सोधपुछ गर्ने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।