थप ५१३ जनामा कोरोना पुष्टि, आठजनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ९७२ नमुनाको पिसिआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको छ । कुल ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो ।

सो अवधिमा कोरोनाका कारण आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।

देशभर ८१७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ८६ हजार ६३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया