राष्ट्रिय महिला लिग छनोट : ललितपुरको एकतर्फी जित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा ललितपुर महानगरपालिकाले एकतर्फी जित निकालेको छ ।

ललितपुरले एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकालाई १०–०ले पराजित गरेको हो ।

ललितपुरको एकतर्फी जितमा निर्मला विकले ४, सम्झना लावतीले ३, मनीषा राउतले २ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

निर्मलाले खेलको ४९, ५३, ५४औँ मिनेट र थप गरिएको समयमा गोल गर्दा सम्झनाले ३९, ६३ र ८५औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । 

मनीषाले ३८ र ८४औँ मिनेटमा गोल गर्दा ५२औँ मिनेटमा आत्मघाती गोल भएको थियो ।

ललितपुरले प्रतियोगितामा शानदार सुरुवात गर्दा कागेश्वरीको भने यो लगातार दोस्रो पराजय हो । उसले कालिका नगरपालिकासँगको पहिलो खेलमा पनि १०–०कै पराजय बेहोरेको थियो । 



छनोटअन्तर्गत शनिबार नै भएको पहिलो खेलमा कन्काई नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई १९–० ले पराजित गर्यो ।

दोस्रो खेलमा बागमती नगरपालिकाले गोदावरी नगरपालिकामाथि ७–०को सहज जित हात पारेको थियो ।



छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । 

प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया