ऐश्वर्याकाे क्युटनेस टिप्स

मिस वल्र्डको ताज आफ्नो नाममा गरेकी ऐश्वर्या राय आज पनि सुन्दरी नायिकाहरुमध्येमा अग्रपंक्तिमा पर्छिन् । ऐश्वर्याको सुन्दरताको बिशेषता के छ भने उनी प्राकृतिक रुपमा नै सुन्दर छिन् जस्तो देखिन्छ । ऐश्वर्या अब ४६ वर्षकी भइसकेकी छिन् । तर उनलाई देख्दा उनको उमेर ४६ वर्ष भइसक्यो भन्ने महशुस हुदैन । किनभने ऐश्वर्याको उनको छालाको चमकले उनलाई अहिले पनि २६ वर्षकी जस्तै देखिन्छ । कसरी ऐश्वर्या सधै सुन्दर देखिन्छिन् त ?

ऐश्वर्या धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यूटी ब्राण्डको एमबेसडर भइसकेकी छिन् । त्यसैले उनी महङ्गो ब्यूटी प्रोडक्ट र धेरै कस्मेटिक्स प्रयोग गर्छिन् भन्ने सोच्नु स्वभाविक हो । तर यो सोचाइ गलत हो । संसारभरी आफ्नो सुन्दरता र ट्यालेन्टले फलाम मानिने ऐश्वर्या देसी गर्ल हुन् । 

ऐश्वर्यालाई मनपर्ने ब्यूटी प्याक 

यो कुरामा कुनै शंका छैन की ऐश्वर्या धेरै ब्यूटी ब्राण्डलाई रिप्रेजेन्ट गर्छिन् । कयौँ महङ्गो ब्यूटी प्रोडक्टको इभेन्ट र सूटमा प्रयोग पनि गर्छिन् । तर जब कुरा स्किन केयरको आउँछ त्यसमा ऐश्वर्या ठेट भारतिय महिलाहरुको जस्तै किचनमा देसी प्याक बनाएर प्रयोग गर्छिन् । 

यसरी बनाउँछिन् प्याक 

ऐश्वर्या आफ्नो छालाको हेरचाहको लागी बेसन, दूध र बेसार मिसाएर फेस प्याक तयार पार्छिन् । यस्तो प्याक उनी एक दिन बिराएर प्रयोग गर्छिन् । छालालाई पूरा पोषण प्राप्त होस् भनेर ऐश्वर्या एक दिनको फरकमा दहीको मास्क पनि लगाउँछिन् । अर्थात् एकदिन दही र एकदिन दूध बेसनको प्याक । 



काँक्राको मास्क मन पराउँछिन् 

छालाको थकानबाट टाढा रहन र प्रदूषणको असरबाट बच्न ऐश्वर्या ताजा काँक्राको मास्क अनुहारमा लगाउँछिन् । ऐश्वर्या भन्छिन् छालामा आउँने समस्याबाट बच्न दिनमा दुई पटक मुख धुनुपर्छ । 



मोइस्चराइजिङ्गमा ध्यान 

नियमित फेसवास, मेकअपको थोरै प्रयोग र समय–समयमा छालामा मोइस्चराइज गर्नु नै ऐश्वर्याको चम्किलो छालाको राज हो । ऐश्वर्या भन्छिन्,‘आफ्नो छालाको हेरचाहको लागि म जुन ब्यूटी रेजीम अपनाउँछु त्यसमा धेरै प्राकृतिक कुराहरु समावेश गरिएको हुन्छ ।’

स्वस्थ छालाको लागि

ऐश्वर्या आफ्नो छालालाई स्वस्थ राख्नको लागि बाहिरी हेरचाहमा मात्र निर्भर रहदिनन् । मानिस भित्री रुपमा स्वस्थ भएमा मात्र छाला स्वस्थ रहने धारणा राख्छिन् ऐश्वर्या । त्यसैले राम्रो र पोषक तत्वले भरिएको खाना खानु जरुरी हुन्छ । उनी खाना खाँदा ध्यानमा राख्छिन् की यो खानाले उनको शरिरमा भिटामिन र पोषण प्राप्त हुनुपर्छ । 

यस्तो कुरामा ऐश्वर्या सम्झौता गर्दिनन्

ऐश्वर्या यो मान्छिन् छालालाई चम्किलो र प्राकृतिक सुन्दर बनाउँन धुम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । घरमा नै बनाएको खाना ऐश्वर्यालाई मनपर्छ । साथै उनी धेरै भन्दा धेरै पानी पिउँने सल्लाह दिन्छिन् । पानीले शरिरबाट टक्सिन्स बाहिर निकाल्छ । ऐश्वर्या साधारण र प्राकृतिक तरिकाले बाचेको भएर फिट र सुन्दर भएको बताउँछिन् । 

त्यसैले कुरा क्लियर छ 

ऐश्वर्याको यो ब्यूटी रेजीम र स्किन केयर सीक्रेट्सबारे जानकारीले एउटा कुरा क्लियर हुन्छ की सुन्दर देखिनको लागि हामीले आफ्नो हेरचाह गर्नुपर्छ । यो आवश्यक छैन की हामी महङगो कस्मेटिक्समा निर्भर भएर सुन्दर देखिन्छौ । यदी त्यस्तो हुन्थ्यो भने संसारकै सुन्दर महिला भएर पनि ऐश्वर्या यती प्राकृतिक देखिन्नथिइन् । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया