म्यानमारमा सैन्य ‘कू’को विरुद्धमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका सयौँ राजनीतिक बन्दी रिहा भएका छन् । रिहा हुनेमा नेतृ आनसाङ सुकीको दलका प्रवक्ता र एक लोकप्रिय हास्यकलाकारसहित सयौँ बन्दी छन्।
जुन्त सरकारले अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा उनीहरुलाई आममाफी दिएको हो । थन्डिथयुत पर्वको उपलक्ष्यमा राष्ट्रिय टेलिभिजनले आममाफी पाउने ५ हजार ६३६ बन्दीको नाम घोषणा गरेको थियो ।
सेनाप्रमुख मिन आङले टेलिभिजन सम्बोधनबाट आममाफीको घोषणा गरेका थिए । उक्त घोषणा हुनेबित्तिकै ती बन्दीलाई इन्सेइन कारागारबाट रिहा गरिएको अलजजिराले जनाएको छ।
गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । जननिर्वाचित सरकारले संसदीय निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले कु गरेको हो ।
सेनाले सत्ता लिएपछि भएको विरोधका क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिएका थिए भने ८ हजारभन्दा बढी गिरफ्तार भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।