काठमाडौ जिल्लाका सबै वडामा एमालेको नेतृत्व सर्वसम्मत

नेकपा एमालेको वडा अधिवेशनका क्रममा काठमाडौ जिल्लाका सबैवडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । 

काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले जनाएको छ । 

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए । 

दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक भइसकेको छ । 

काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक हुने तयारी भइरहेको जिल्ला कमिटीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया