बलिउड अभिनेत्री अनन्या अहिले भारतीय नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा तानिएकी छिन् । साहरुख खानका छोरा आर्यनसँग उनको पनि च्याट भएको र सम्बन्ध भएको भन्दै प्रहरीले उनीसँग सोधपुछ सुरु गरेको हो ।
ड्रग्सको विषयमा उनी सोधपुछमा परेपछि उनका नजिकका साथीहरुले उनलाई सान्त्वना दिन थालेका छन् ।
यस्तै सान्त्वना दिएका छन्, उनीसँग बलिउड फिल्ममा काम गरेका इशान खट्टरले पनि ।
सामाजिक सन्जालमा अहिले आएको एउटा भिडियो र फोटोहरु त्यसैले निकै चर्चामा छ । किनकि इशान अनन्याको घरमा फूलको गुच्छा लिएर पुगेको देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।