कर्मचारीमाथिको दुर्व्यवहारको घटनाप्रति कांग्रेसको निन्दा

सत्तारुढ दल नेपाली कांग्रेसले खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटनाप्रति निन्दा गरेको छ । 

शनिबार विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्ने सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेका छन् ।

‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो,’ उक्त घटनाप्रति निन्दा व्यक्त गर्दै उनले भनेका छन्, ‘तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन ।’ 

शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने भन्दै कांग्रेसले स्मरण गराएको छ । 

जनकपुर घटनाले नेपाली इन्जिनियर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उनले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार २०:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया