छोरा छिट्टै रिहाइ हुनेमा शाहरुख विश्वस्त

छोरा आर्यन खानका कारण बलिउड अभिनेता शाहरुख खान तनावमा परेका छन् । आर्यन मुम्बईको आर्थर रोड जेलमा रहेका छन् । आर्यनलाई एनसिबीको टिमले ३ अक्टोबरमा क्रुज सिपबाट गिरफ्तार गरेको थियो । 

२१ अक्टोबरमा एनसिबी शाहरुख खानको घरसम्म छापा मार्नका लागि पुगेको थियो । आर्यनको जमानतका लागि गरिएको दुई अपिल अदालतले खारेज गरिदिएको छ । 

आर्यन खान ड्रग्स केसमा पछिल्लो १४ दिनदेखि जेलमा रात बिताइरहेका छन् । शुक्रबार मात्रै शाहरुखले आर्थर रोड जेलमा पुगेर छोरा आर्यनसँग १५ मिनेट गफ गरेका थिए ।

जेलमा आर्यन एकदमै अफ्ठ्यारो महसुस गरिरहेको र त्यहाँको वातावरणमा घुलमिल हुन नसकिरहेको उनले बताएका थिए । छोरा छिट्टै रिहाइ हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार २१:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया