जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा भएकाे खेलमा बायर्नले होफेनहाइनमाथि ४-० को फराकिलाे जित निकालेको हो।
बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, चुपो मोटिङ र किङ्सले कोमानले समान एक-एक गोल गरे ।
खेलको आठौं मिनेटमा जिनाब्रीले गोल गरे पनि उनको गोलले मान्यता भने पाएन ।
१६औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३०औं मिनेटमा लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता २-० काे बनाए ।
८२औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । खेलकाे ८७ औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई ४-० को सहज जित दिलाए।
खेलमा जित निकालेसँगै बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमामै यथावत छ भने पराजित होफेनआइन ११ अंक जोडेर १०औं स्थानमा छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।