टि-२० विश्वकप : इंग्ल्यान्डकाे विजयी सुरुवात

आइसिसी पुरुष टि-२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । उसले सुपर १२ को समूह ‘१’ अन्तर्गत शनिबार भएकोे खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

टि-२० विश्वकपमा इंग्ल्यान्डले पहिलोपटक वेस्ट इन्डिजलाई हराएको हो । उसले यसअघिका ५ भेटमा पराजय बेहोरेको थियो ।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । जासन रोय ११ र जोनी बेरिस्टोले ९ रनको योगदान दिँदा कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १४.२ बलमा सबै विकेट गरमाउँदै मात्र ५५ रन बनाएको थियो ।



वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । शिम्रन हिटमायरले ९ रनको योगदान दिँदा अकिल होसेन ६ रनमा अविजित रहे ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४,मोइन अली र टेमल मिल्सले २-२ तथा क्रिस वोक्स र क्रिस जोर्डनले १-१ विकेट लिए ।



यो जितसँगै सुपर १२ को समूह ‘१’मा रहेको इंग्ल्यान्ड २ अंक जोड्दै शीर्ष स्थानमा रहँदा वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ७:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया