गुडिरहेको बसमा लाग्यो आगो

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गुडिरहेका एउटा बसमा आज बिहान आगलागी भएको छ । 

सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको प्रहरीले जानकारी दिएको छ। 

बसमा आगो लागेपनि त्यसमा सवार ३६ जना यात्रु भने सकुशल रहेका छन् । बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । 

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ८:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया