क्रिकेट टी २०ः ५ वर्ष ७ महिनापछि आज मैदानमा भारत पाकिस्तान

भारत भर्सेस पाकिस्तान । क्रिकेट मन पराउनेका लागि यो खेल विशेष हुने गरेको छ । अझ पाकिस्तान र भारतमा त यस्तो खेल हुनुभन्दा अगाडि नै ठूलो उत्सव आएको जस्तै नै हुन्छ । 

यसपटक विश्वकप टी २० मा यो खेल हुनु हुँदैन भनेर भारतका केही नेताहरुले समेत आवाज उठाएका थिए ।

तर, विश्वकप प्रतियोगितामा यी दुई देश एकआपसमा नखेल्ने भन्ने कुरै भएन । आज साँझ नेपाली समयअनुसार सवा सात बजे २०४५ दिनपछि टी २० फम्र्याटमा यी दुई देश एकअर्कासँग खेल्दैछन् ।

इतिहासलाई हेर्ने हो भने टी २० फम्र्याट भारतसँग खेल्दा पाकिस्तानका लागि खासै सुखद हुन सकेको छैन । पाकिस्तानले यसअघि भारतसँग खेलेका पाँचै वटा टी २० मा पराजय भोगेको छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १०:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया