मलाइकाले भनेकी थिइन्— मलाई सलमानले बनाएका होइनन्

आफ्नो नृत्य र फिटनेसका कारण सबैको मन जित्ने अभिनेत्री हुन्, मलाइका अरोडा । यी मलाइकाको जन्मदिन हो, २३ अक्टोबरमा । 

मलाइकाले आफूले आफ्नै मेहनेतमा आफ्नो जीवन अगाडि बढाएको बताउँदै आएकी छिन् । केही समयअघि राखी सावन्तको एक स्टाटसमा नै मलाइकाले यो कुरा उल्लेख गरेकी थिइन् । अनि उनले त्यति बेला उल्लेख गरेको यो कुरा अहिले पनि बारम्बार चर्चामा आइरहेको हुन्छ ।

सलमानको परिवारमा नै बुहारी बनेर गएकी मलाइकाको वैवाहिक जीवन चाहिँ खासै सफल हुन सकेन । उनले १९९८ मा विवाह गरेकी थिइन् । अरबाज खानसँगको त्यो विवाह सन् २०१७ मा टुंगियो ।

एकपटक राखी सावन्तले भनेकी थिइन् कि मलाइका चर्चामा आउनुको कारण उनको सलमान खानसँग विशेष सम्बन्ध हुनु हो । तर, उनले यसलाई अस्वीकार गरेकी थिइन् । 

सन् २००८ कै कुरा हो यो । ‘मलाई सलमान खानले बनाएका होइनन्, म आफैं बनेकी एक महिला हुँ,’ मलाइकाले भनेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १०:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया