\
प्रदेश-१ को आजको प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेसले प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ । एक दिनका लागि बैठक स्थागित गर्न माग गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निवेदन दिएका हुन् ।
प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैठक एक दिनका लागि स्थागित गर्न माग राख्दै निवेदन परेको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।