३ दिने कार्यतालिकासहित गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवासँग भेट गरेका छन् । उनी केहीबेर अघिमात्र झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेका थिए । त्यसपछि उनी लगत्तै आफ्ना बुवालाई भेट्न पुगेका हुन् ।
उनी अबको ३ दिन प्रदेश-१ मा आयोजित विभिन्न कार्यक्रममा सरिक हुने बताइएको छ । उनलाई पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङ र प्रदेश-१ का नेताहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै, भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय छ ।
भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।