नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले गृहजिल्ला झापामा छन् । उनी ३ दिने कार्यतालिकासहित आइतबार गृहजिल्ला झापा पुगेका हुन् ।
उनी अबको ३ दिनसम्म प्रदेश १ का विभिन्न कार्यक्रमहरूमा सरिक हुने बताइएको छ ।
ओलीलाई भद्रपुर विमानस्थलमा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतका नेताहरूले स्वागत गरेका थिए ।
भद्रपुर विमानस्थलबाट ओली सिधै पृथ्वीनगरस्थित आफ्नो बुबा बस्ने घरमा पुगेका थिए । त्यहाँ पुगेर ओलीले विभिन्न पारिवारिक सदस्यहरूसँग फोटोसेसन गराएका छन् ।
ओलीकाे उपस्थित भएपछि घरमा निकै ठूलो भीड लागेको थियो । आफ्नो परिवारका सदस्यसहित छिमेकीहरू ओलीको घरमा उपस्थित भएका थिए ।
आजै बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय छ ।
भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।