बलिउड चलचित्र निर्माताको रोजाइ बन्दै नेपाल

नेपाली चलचित्र छायांकनका लागि नेपाली फिल्म निर्माताहरुले विदेशका विभिन्न स्थान रोजिरहेका छन् । नेपाली निर्माताहरु फिल्म निर्माताहरु विदेश गइरहँदा बलिउड चलचित्र निर्माताहरुले भने नेपाली भूमि रोजिरहेका छन् । 
 
दसैं अघिबाट बलिउड चलचित्र ‘उचाइ’ नेपालमा छायांकन भइरहेको छ । सुरज बडजात्याले निर्देशन गरिरहेको चलचित्रका लागि बलिउडका थुप्रै कलाकार नेपाल आएका छन् । 

‘थ्री ह्विलर्स फिल्मस् प्रालि’ ले नेपालमा छायांकनको चाजोपाजो मिलाएको यो चलचित्रको छायांकनका लागि अनुप खेर, बोमन इरानी, परिणिती चोपडा नेपाल आएका छन् । उनीहरु छायांकनका क्रममा पुगेका स्थानका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।


 
चलचित्र ‘उचाइ’ को टिम काठमाडौं, लुक्ला र नाम्चेको छायांकन सकेर मनाङ पुगेको छ । चलचित्र ‘उचाइ’ को छायांकनपछि अर्को बलिउड चलचित्र नेपाल छायांकनमा आउने तयारीमा रहेको थ्रि ह्विलर्सका संस्थापक पुष्पराज न्यौपानेले बताए । उनले भने, ‘अब अर्को एउटा एभरेष्टमै चलचित्र छायांकनका लागि नेपाल आउने तयारी हुँदैछ ।’
 
चलचित्र ‘उचाइ’को ५० प्रतिशत छायांकन सकिएको छ । अन्तिम छायांकन मनाङमा गरिरहेको यो टोली त्यसपछि भारत फर्किने छ ।
 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १३:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया