ओलीले तथ्यको हेक्का नराख्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले आलाेचना गर्दा तथ्यकाे हेक्का नराख्नु लज्जास्पद भएकाे बताएका छन् ।

उनले कांग्रेसभन्दा २० महिनाअघि एमालेकाे महाधिवेशन भएकाे उल्लेख गरे । लाेकतान्त्रिक भनिएका दल कांग्रेसले महाधिवेशन समयमा गर्न नसकेको भन्दै ओलीले शनिबार आलाेचना गरेका थिए । 

आइतबार ट्विट गर्दै शर्माले भनेका छन्, `कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने, कमरेड @kpsharmaoli को आलोचना स्वीकार्य ! आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद । कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनु भन्दा २० महिना अघि एमालेको ०७१ असारमा भएको थियो महाधिवेशन ।´

शर्माले एक औंला कांग्रेसतिर र बाँकी औंला एमालेतिर सोझिएको बताएका छन् । 

ओलीले शनिबार एमाले वडा अधिवेशनको उद्घाटनको क्रममा कांग्रेसले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १४:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया