एमाले केन्द्रीय कार्यालय च्यासलमा सर्ने, तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता

नेकपा एमालेको केन्द्रीय कार्यालय लुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । एमाले केन्द्रीय कार्यालय अहिले थापाथलीमा छ । 

एमाले र माओवादी विभाजन भइसकेपछि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सरेको थियो । एमालेले थापाथलीमा कार्यक्रम गर्न असहज भएपछि यसअघि नै तुल्सीलाल स्मृति भवनमा राख्ने निर्णय गरिसकेको थियो । 

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार नेकपा एमाले र तुल्सीलाल स्मृति प्रतिष्ठानबीच आज समझादारी भएको छ । ‘नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानकाबीच आज महत्वपूर्ण समझदारी ! अब केही समयपछिदेखि नेकपा एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन्,’ पोखरेलले भनेका छन् । 

प्रतिष्ठानसँग एमालेले ५ वर्षको समझदारी गरेको हो । ०७२ सालमा गएको भूकम्पले बल्खु भवन भत्काएछि एमालेले धुम्बाराहीका कार्यालय सारेको थियो । 

मदन नगर बल्खुमा आधुनिक मुख्यालय बनाउन शिलान्यास समेत भएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया