ओलीलाई दुर्गा प्रसाईंले भने- तपाईंलाई स्वागत गर्न सिंहदरबारको मुल गेट तयार छ

चर्चित व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबारको मुल गेट स्वागत गर्न तयार भएको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रसाईले सो कुरा बताएका हुन् । 

बि एण्ड सी मेडिकल कलेज संचालक समेत रहेका प्रसाईंले भने, ‘ढुक्क हुनुस्, सिंहदरबारको मुल गेट तपाईंलाई स्वागत गर्न तयार छ, नेपाली जनता तपाईंलाई स्वागत गर्न तयार छन् ।’

प्रसाईं यसअघि काठमाडौंको गोदावरीमा आयोजित विधान महाधिवेशनको प्रतिनिधिसमेत बनेका थिए। उनलाई झापाबाट महाधिवेशन प्रतिनिधि बनाइएको थियो । उनी एमालेको राजनीतिमा सक्रिय हुने यसअघि नै बताइसकेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया