दुर्गा प्रसाईं आजबाट औपचारिक रूपमा एमाले नेता

चर्चित व्यवसायी दुर्गा प्रसाईं अब औपचारिक रूपमा ‘एमाले नेता’ बनेका छन् । 

बिएण्डसी मेडिकल कलेज सञ्चालकसमेत रहेका प्रसाईंले यसअघि नै आफू एमालेको राजनीतिमा सक्रिय हुने बताएका थिए । 

यसअघि काठमाडौंको गोदावरीमा आयोजित विधान महाधिवेशनको प्रतिनिधिसमेत बनेका थिए । उनलाई झापाबाट महाधिवेशन प्रतिनिधि बनाइएको थियो । 

मेडिकल व्यवसायी प्रसाईं यसअघि नेकपा माओवादी केन्द्रनिकट मानिन्थे । पुष्पकमल दाहाल प्रचण्डसँग नजिक भएका प्रसाईंले एमाले र माओवादी एकताताका निकै सक्रियता देखाएका थिए । 

झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रसाईंसहित झण्डै ५ सयले नेकपा एमाले प्रवेश गरेका थिए । जुन कार्यक्रममा संयोजन पनि प्रसाईंले नै गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया