प्रचण्ड र बाबुरामलाई दुर्गा प्रसाईंको प्रश्न : यही दिन देख्न १७ हजार मान्छे मारेको?

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रचण्डप्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग निकट मानिएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय भएका छन् । 

उनी आजबाट औपचारिक रूपमा एमाले नेता पनि बनेका छन् । यसअघि उनी एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि बनेका थिए । 

आज झापाको विर्तामोडमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भने, ‘प्रचण्डप्रति मेरो भ्रम तोडियो ।’ अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको एकता गराउनेताका प्रसाईं राजनीतिमा सक्रिय भएका थिए । 

उनले आफ्नै घरमा लगेर ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको विषय अहिले पनि बेलाबेलामा चर्चामा आइरहन्छ । 

विर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेका प्रसाईले भने, ‘हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ? यति नै गर्न थियो भने १० हजार किन मारियो? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।’

उनले अघि भनेका छन्, ‘यही दिन देख्नका लागि १७ हजारलाई बलि चढाएको हो?’ ओलीलाई सिंहदरबारको मुल गेट स्वागत गर्न तयार भएको उनले सम्बोधनको क्रममा बताए । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १६:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया