गोला प्रथाबाट पेसी तोक्ने नियमावली पास गर्न ‘फुलकोर्ट’ बैठक

गोलाप्रथाबाट पेसी तोक्ने बारेको कार्यविधि र नियमावली पारित गर्न ‘फुल कोर्ट’ बैठक भोलि बस्दै छ । फुल कोर्टमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरू हुन्छन् ।

बैठकमा नेपाल बार एसोसिएनको प्रतिनिधि पनि सहभागी हुने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बारका प्रतिनिधिलाई फुल कोर्ट बैठकमा सहभागी गराउने भएका हुन् ।

बैठकमा प्रधानन्यायाधीशसँग सम्बन्धित विवादबारे पनि छलफल हुने भएको बारका महासचिव लीलामणि पौडेलले बताए । आज पनि त्यसबारे बारका प्रतिनिधिले जबरासँग छलफल गरेको पौडेलको भनाइ छ । सो क्रममा जबरा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न राजी भएका थिए । 

जसअनुसार नमुनाको रूपमा पर्सिदेखि गोलाप्रथाबाट सर्वोच्च अदालतमा मुद्दाको पेसी तोकिने भएको छ । मंसिरदेखि भने उच्च र जिल्ला अदालतबाट पनि गोलाप्रथाबाटै पेसी तोकिने भएको छ । 

न्याय क्षेत्रमा चर्चित रहेको ‘बेन्च सपिङ’ गोलाप्रथा वा अटोमेसन प्रणालीबाट पेसी तोकिए न्यूनीकरण हुने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 
 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १६:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया