टि-२० विश्वकप : अफगानिस्तान र स्कटल्यान्डबीच प्रतिस्पर्धा

आइसिसी टि-२० पुरुष विश्वकप अन्तर्गत सोमबार सुपर १२ को एक मात्र खेल  हुँदैछ । समूह ‘२’ अन्तर्गत हुने खेलमा अफगानिस्तान र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
 
खेल दुवईकाे सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

अफगानिस्तान आजको खेलमा जित हात पार्दै सुखद् सुरुवात गर्ने दाउमा हुनेछ । स्कटल्यान्ड पनि चौथो जितको खाेजीमा छ ।

स्कटल्यान्ड पहिलो चरणमा ३ जित निकाल्दै समूह ‘बी’को विजेताका रूपमा सुपर १२ मा प्रवेश गरेको हो ।

सुपर १२ को समूह ‘१’ मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेश छन् ।

समूह ‘२’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, नामिबिया र स्कटल्यान्ड छन् ।

सुपर १२ बाट पत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ८:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया