गायक खेम सेञ्चुरी तिहार गीत लिएर दर्शक/स्रोतामाझ आएका छन् । उनले ‘राजाको दरबार’बोलको गीत सार्वजनिक गरेका हुन् । गीत गायनमा खेमलाई गायिका जानुका तामाङले साथ दिएकी छन् ।
गीत नेत्र अर्यालले लेखेका हुन् । गीतमा संगीत गायक सेञ्चुरीकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा याम गुरुङले नृत्य निर्देशन गरेका छन् । कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियोमा रामचन्द्र अधिकारी, याम गुरुङ, रीना थापा मगर, बबिन सिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन प्रविन भट्टले गरेका छन् । पछिल्लो समय गायक सेञ्चुरीको ‘रमरम मरौटी’ बोलको गीत चर्चामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।