बढ्याे सुनचाँदीकाे मूल्य
फरकधार / ८ कात्तिक, २०७८

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । साेमबार सुन तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।आइतबार ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 



नेपाल सुनचाँदी व्यवसायीका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० पुगेको छ ।

यस्तै सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ। प्रति ताेलामा ५ रुपैयाँले बढी एक हजार २६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।  
 



  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ११:७:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया