सुडानमा सत्तापलट, प्रधानमन्त्री र मन्त्री गिरफ्तार

सुडानको सेनाले सैनिक कु गरी सत्ता हातमा लिएको छ । त्यहाँको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । 

सेनाले प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनको मन्त्रिपरिषदका चार जना मन्त्रीलाई पक्राउ गरेको छ । उनीहरु सबैलाई अज्ञात स्थानमा हिरासतमा राखिएको छ । 

यसबारेमा सुडानको सेनाले भने कुनै टिप्पणी गरेको छैन । लोकतन्त्र समर्थक समूहले भने सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् । 

दुई वर्षअघि सुढानका राष्ट्रपति उमर अल–बशीरलाई सत्ताबाट हटाएपछि अन्तरिम सरकार गठन भएको थिाये ।

त्यसबेलादेखि नै सेना र नागरिक सरकारबीच तनावको अवस्था सिर्जना भएको थियो । राजधानी खार्तुममा इन्टरनेट समेत बन्द गरिएको छ । सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरमा आक्रोशित समूहले सडकमा टायर बालेर प्रदर्शन गरेको देखिएको छ । 

राजधानी खार्तुममा सेना र अर्धसैनिक बल तैनाथ रहेका छन् । खार्तुम विमानस्थल बन्द गरिएको छ  भने अन्तराष्ट्रिय हवाई उडान समेत रोकिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १२:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया