आफू सभापतिका लागि स्वभाविक उम्मेदवार भएको रामचन्द्र पौडेलको दाबी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको बताएका छन् । उनले आफू स्वभाविक उम्मेदवार भएको बताएका हुन् । 

तर, उनले अहिलेसम्म सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनको समूहले छलफलबाट एक उम्मेदवार घोषणा गर्ने बताएको छ । 

सभापतिमा पौडेलले दाबी गरे पनि उनको पक्षका शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायतले पनि सभापतिमा दाबी गरेका छन् ।

१३ औं महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार भएकाले यसपटक  पनि आफू सभापतिमा उठ्ने अब पौडेलले बताएका हुन् । बाँकेमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले यसपटक टिममा छलफल गरेपछि निर्णय हुने भन्दै आफू सभापतिमा उम्मेदवारी दिन तयार रहेको बताएका हुन् ।

‘छलफलबाट एक जना मात्र उम्मेदवार हुन्छ,’ उनले भने, ‘पार्टी अब संवैधानिक संकटमा परिसकेको छ, पार्टीको महाधिवेशन समयमा नै सक्न मैले सभापतिलाई ध्यानाकर्षण पनि गराएको छु ।’





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १२:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया