कंगना फेरि बनिन् उत्कृष्ट अभिनेत्री

भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ६७ औं नेसनल फिल्म अवार्ड्स दिइएको छ। भरतका उपराष्ट्रपति वैंकैया नायडूले विजेताहरुलाई पुरस्कार दिएका हुन् । 

यसपटक उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छिन्, अभिनेत्री कंगनाले । उनलाई फिल्म ‘मर्णिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘पंगा’मा गरेको अभिनयका कारण उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । 

त्यस्तै, यसपटक उत्कृष्ट अभिनेताको सम्मान पाएका छन्, मनोज वाजपेयी र धनुषले । उनीहरुलाई फिल्म ‘भोंसले’ र ‘असुरन’का लागि संयुक्त रुपमा अवार्ड दिइएको हो ।

आफूले अवार्ड पाएपछि कंगनाले सामाजिक सन्जालमा यसले आफूलाई उत्साह थपेको बताएकी छिन् ।
 

कंगनाले पाएको यो चौथो नेसनल अवार्ड हो । 

यसअघि उनले पहिलो नेसनल अवार्ड चाहिँ फेसनमा काम गरेवापत् सन् २००८ मा पाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ र सन् २०१५ मा पनि यो अवार्ड पाएकी थिइन् ।



भारतीय चलचित्र क्षेत्रका लागि निकै प्रतिष्ठित यो अवार्डमा यसपटक फिल्म छिछोरे उत्कृष्ट फिल्म घोषणा भएको छ । यो फिल्ममा सुशान्त सिंह राजपूत, श्रद्धा कपुरलगायतले अभिनय गरेका छन् ।

यसअघिको वर्ष कोरोनाका कारण यो अवार्ड दिइएको थिएन । 



यही अवार्ड वितरण समारोहमा भारतीय सुपरस्टार रजनीकान्तलाई दादासाहेब फाल्के अवार्डबाट पनि सम्मानित गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया