मेलवर्न क्रिकेट मैदानमा ८० हजार दर्शकलाई प्रवेश अनुमति

अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले बक्सिङ डे टेस्टका लागि मेलवर्न क्रिकेट ग्राउन्डमा ८० हजार दर्शकलाई अनुमति दिने भएको छ ।

एसेज टेस्ट सिरिज अन्तर्गत इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको बक्सिङ डे टेस्ट डिसेम्बर २६ बाट सुरु हुनेछ ।

कोभिड-१९ नियन्त्रणको प्रयास स्वरूप लगाइएका प्रतिवन्धहरू थप खुकुलो पारेपछि भिक्टोरियाले ८० हजार दर्शकलाई अनुमति दिने जनाएको हो ।

मेलवर्नमा भर्खरै छैठौं चरणको लकडाउन अन्त्य भएको छ । जुन पटक-पटक गरी पछिल्ला दुई वर्षदेखि लगाइएको थियो ।

गत वर्ष सो मैदानमा भारतविरुद्ध भएको बक्सिङ डे टेस्टमा केवल ३० हजार दर्शकलाई प्रवेश अनुमति दिइएको थियो ।

गत अप्रिलमा एएफएल खेलका लागि सो मैदानमा ७८ हजार दर्शकलाई अनुमति दिए पनि त्यसपछिका प्रतियोगितामा भने ठूलो संख्यामा दर्शकको उपस्थिति भएको थिएन।  





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया