पटकपटक निर्देशकलाई किन झुक्याउँदै छन् अनमोल केसी?

बजारको हल्लालाई मान्ने हो भने अनमोल केसी नेपालका सबैभन्दा महँगा अभिनेता हुन् । अभिनयका कारणभन्दा उनी पारिश्रमिकका कारण बढी चर्चामा आउने गरेका छन् ।

नेपाली चलचित्र ‘होस्टल’बाट रजतपटमा देखा परेका अनमोलले सुरुवाती फिल्ममा निर्मातालाई मुनाफा पनि दिए । केहीलाई बिर्सिने हो भने उनले अभिनय गरेका चलचित्रले लगानी उठाएका छन् । अनमोलका पछाडि युवा पुस्ताको राम्रै लगाव देखिन्छ । उनी एक समय बडिगार्डसहित हलमा पनि पुगे ।  

अनमोल जोडिएको फिल्मको बजारमा राम्रै चर्चा हुने गरेको छ । त्यसैले पनि अनमोलका पछाडि निर्माता निर्देशक लाग्नु सामान्य कुरा हो । काममा जोडिन आएका निर्माता निर्देशकलाई सुरुमा अनमोल पनि निराश बनाउन चाहँदैनन् । 

उनी फिल्ममा अनुबन्धित हुन्छन् । अनुबन्धित हुनासाथ फिल्मको काम सकिँदैन । काम गर्ने सम्झौता गरेका अनमोलले थुप्रै निर्माता निर्देशकलाई अलपत्र पारेका छन् । 

अनमोललाई पहिलोपटक अभिनेताका रूपमा ल्याउने हेमराज बिसीले चलचित्र ‘ग्याङस्टर ब्लुज’ बनाउने भए । होस्टलपछि ‘जेरी’ र ‘गाजलु’ मा अनमोललाई हिरो बनाइसकेका बिसीले यो चलचित्रमा पनि उनलाई नै रोजे । 

अनमोलले पनि चलचित्रमा अभिनय गर्न सहमति जनाए । तर, उनले बिसीको साथ छोडे । यही फिल्मबाट अनमोल र हेमराजको सम्बन्ध चिसियो ।



अनमोलले धोका दिएका अर्का निर्देशक हुन– मिलन चाम्स । उनले चलचित्र ‘ब्याचलर बन्टी’मा अनमोललाई रोजे । उनले यो चलचित्रमा पनि अभिनय गर्ने पक्का गरे । 

उनका लागि हिरोइनसमेत फाइनल गरियो । तर, फिल्म निर्माणको अन्तिम समयमा आएर अनमोलले धोका दिए । उनले फिल्म छोड्ने बेला आफूलाई स्क्रिप्ट चित्त नबुझेको बताए । त्यसपछि यो फिल्म नै निर्माण हुन सकेन । 



अन्तिम समयमा आएर स्क्रिप्ट चित्त नबुझेको भन्दै अनमोलले छोडेको अर्को फिल्म हो  ‘धुपौरे’ । यो चलचित्रका लागि निर्माण टिमले अनमोललाई केही पारिश्रमिक समेत बुझाइसकेको थियो । 

फ्लोरमा जाने अन्तिम तयारीमा रहेको चलचित्र छाडेपछि अनमोलसँग निर्माण टिम आक्रोशित बनेको थियो । निर्माण टिमले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरी समेत दर्ता गरेको थियो । तर, यो विवाद आपसमा मिलाइएको थियो ।

साम्तेन भुटियाले निर्देशन गर्न लागेको यही चलचित्रमार्फत अनमोल पहिलोपटक विवादमा तानिएका थिए । उनले त्यसताका चलचित्र निर्माण टिमले व्यक्तिगत इगोका कारण आफ्नो चरित्रहत्या गर्न खोजेको बताएका थिए । 

लोगोसमेत निर्माण गरिसकेको चलचित्र ‘धुपौरे’ अहिलेसम्म निर्माण हुन सकेको छैन । अनमोलका यस्ता अपरिपक्व कृयाकलापलाई लिएर धेरैले उनलाई ‘अनप्रोफेसनल’ कलाकारसमेत भन्ने गरेका छन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १४:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया