एकै आर्थिक वर्षमा आठ बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक तीन वटा बैंकलाई कारबाही गरेसँगै एकै आर्थिक वर्षमा कारबाहीमा परेका वाणिज्य बैंकको संख्या ८ पुगेको छ ।

राष्ट्र बैंकले पछिल्लोपटक कारबाही गरेका बैंकमा नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंक परेका छन् । यसमध्ये नेपाल बंगलादेश बैंक, प्रभु बैंकलाई पहिलोपटक र हिमालयन बैंकलाई दोस्रो पटक कारबाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ चौथो तेस्रो त्रैमासिकसम्ममा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकले कूल निक्षेपको ३ प्रतिशत राख्नै प्रावधान नमानेपछि कारबाही गरिएको हो । कारबाही स्वरूप राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ ४२ पैसा जरिवाना तिराएको छ ।  

यसैगरी प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा नगद जरिवाना तिराएको छ । यसैगरी हिमालयन बैंकलाई पटकपटक गरेर ३० हजार २१ रुपैयाँ ४ पैसा जरिवाना गरेको छ । 

पछिल्लोपटक कारबाहीमा परेका बैंकहरूसँगै गत आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकले जारी गरेको प्रावधान नमान्ने आठ वटा वाणिज्य बैंक कारबाहीमा परेका हुन् । आवको पहिलो त्रैमासिकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको थियो । 



यसैगरी, दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक पनि कारबाहीमा परेका थिए । यसमध्ये प्राथमिकता प्राप्त क्षेत्रमा नलगाएको भन्दै स्ट्याण्डर्ड चाटर्ड बैंकलाई ५७ लाख ८४ हजार रुपैयाँ जरिवाना गराइएको थियो । ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही स्वरूपसमेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सिभिल बैंकलाई २ पटक कारबाही गरेको थियो । त्यतिबेला ऋणीसँग अप्रत्यक्ष रूपमा कारोबार गरेको पाइएको भन्दै सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई आदेश दिइएको थियो । तामाङ कारबाही परिसकेका छन् । 



त्यतिबेला प्रभु बैंकलाई जसमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको विषयमा १० लाख रुपैयाँ जरिवाना गराइएको थियो । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १५:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया