सोमबार सेयर बजार परिसूचक नेप्से फराकिलो अंकले वृद्धि भएको छ । लामो समय निराश देखिएको सेयर बजार सोमबार उत्साहित बन्दै ८ दशमलव ६३ अंकले बढेको हो ।
सोमबार २६७२ दशमलव २५ अंकमा बन्द भएको बजारमा ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच भएको छ । सो दिन ४ अर्ब ३० करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार सेन्सेटिभ इन्डेक्समा पनि १३ दशमलव ६१ अंकले वृद्धि हुँदै ५०४ दशमलव ५७ अंक पुगेको छ । यसअघि साताको पहिलो दिन आइतबार २७ अंकले बढेको थियो । सोमबार धेरै कम्पनीको कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी वृद्धि भएको छ ।
बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत् र युनिभर्सल पावरको सेयर मूल्य पनि ठीक १० प्रतिशतले बढेको हो ।
यसैगरी, युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत् र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको हो ।
युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ । समूहगत सूचकमा भने जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ ।
निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।